सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मेडिकल सञ्चालकसहित ७ जुवाडे पक्राउ

२०८० भदौ १३, १२:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मेडिकल सञ्चालकसहित ७ जना जुवाडे पक्राउ परेका छन्।

मेडिकलभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित प्रहरीले ७ जनालाई पक्राउ परेका हो। पुनर्वास नगरपालिका–३ को बिएन पोलिक्लिनिक प्रालिको माथिल्लो तलाबाट मंगलबार राति मेडिकल सञ्चालक डाक्टर सागर केसीसहित ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

जुवा खालबाट एक गड्डी ताससहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस