सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर कञ्चनपुरको बेलौरी नगर प्रमुखका बुवाको मृत्यु 

२०८० भदौ १३, ०९:०९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीका बुबाको करेन्ट लागेर मृत्यु भएको छ। नगर प्रमुखका बुबा ७२ वर्षीय जनकलाल चौधरीको मंगलवार मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलवार साँझ नुहाउने क्रममा पानीको मोटरबाट उनलाई करेन्ट लागेको थियो। बेहोस भएका चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस