सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आज चार दलीय मोर्चाको सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

२०८० भदौ १३, ०७:०९ खबर संवाददाता

धनगढीः चार दलीय समाजवादी मोर्चाको बुधवार धनगढीमा सभा हुने भएको छ। सन्देश सभाको नाममा मोर्चाले सातै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधवार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुन लागेको हो।

कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, जसपा र नेकपा रहेका छन्। मार्चाले यसअघि नै ८ गते वीरगंजमा, १२ गते बुटवलमा घोषणासभा गरिसकेको छ। 

यस्तै  १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटगनरमा घोषणासभा गर्ने तय गरिएको छ।  

कमेन्ट लोड गर्नुस