सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्ड धनगढी आउँदै

फाइल फोटो
फाइल फोटो
२०८० भदौ ११, ०८:३८ खबर संवाददाता

धनगढीः माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन्। धनगढीमा चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभामा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड १३ गते धनगढीमा आउने भएका हुन्।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा नेता अशोक श्रेष्ठसमेत आउने तयारी रहेको समाजवादी मोर्चा प्रदेशको कार्यालय सचिव उद्धब भट्टराईले बताए। 
 

कमेन्ट लोड गर्नुस