कञ्चनपुरबाट डेढ लाख बढी मुल्यका सामान बरामद

२०८० भदौ १०, ०८:३२
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–४ बसपार्कबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका अन्दाजी मुल्य १ लाख ६६ हजार चार सय रुपैयाँ बराबरका सुट, धोती, पशुको औषधी, सादा सुट, सादा कपडा, र बच्चाका सेन्डिल लगायतका विभिन्न किसिमका सामान फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
बरामद गरेको सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।
.gif)


कमेन्ट लोड गर्नुस