सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगली हात्तीले कञ्चनपुरमा धान र केराबालीमा क्षति

२०८० भदौ १०, ०२:५६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा जंगली हात्तीले पाक्न लागेको धान र केरा खेतीमा क्षति पुगाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले मध्यवर्ति क्षेत्रमा केरा र धानबालीमा क्षति पुगाएको हो। आइतबार बिहान निकुञ्जबाट निस्केको हात्तीको बथानले भीमदत्त नगरपालिका–१५ गोबरैयाको रामजानकी टोलमा बालीनाली नष्ट गरेको छ।

वडा नम्बर १५ का वडाका सदस्य हरिप्रसाद भट्टले हात्तीको बथानले मोहनदेव जोशीको धानबाली र केराबारीमा क्षति गरेको बताए।

कमेन्ट लोड गर्नुस