धनगढीबाट अटोरिक्सासहित अबैध सामान बरामद

धनगढीः कैलालीको धनगढीबाट अटोरिक्सासहित अबैध सामान बरामद गरिएको छ।
अवैध सामान बोक्न प्रयोग भएको अटो प्रहरीले नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–३ र ९ बाट करिब ३ लाख ७ हजार मूल्य बराबरका लेडिज सुट, साडी, धोती, हार्डवयरलगायतका सामान वरामद गरिएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ती सामान बोक्न प्रयोग गरिएको अटो समेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बाट पनि करिब ३० हजार मूल्य बराबरका मिठाई, च्याउलागायतका सामान शुक्रबार दिउँसो गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको छ।



