सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजु राणा संसदीय समिति सभापतिको उम्मेदवार बन्ने

२०८० भदौ १०, ११:३८ खबर संवाददाता

काठमाडौं: सत्तारूढ नेपाली कांग्रेसले विभिन्न संसदीय समितिका सभापतिको उम्मेदवारको टुंगो लगाएको छ। समिति सभापतिको लागि मनोनयन हुने भन्दै पार्टीका तर्फबाट चार उम्मेदवारको टुंगो लगाएको कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन्।

सांसद एव सभापति शेरबहादुर देउवा पत्नी आरजुको पनि समितिमा सभापतिको उम्मेदवार बन्ने भएकी छिन्। उनका अनुसार कांग्रेसबाट जीवन परियार, आरजु राणा, रामहरि खतिवडा र सन्तोष चालिसेको नाम टुंगो लागेको हो।

‘संसदीय समितिको सभापतिका लागि आजै १२ बजे मनोनयन छ। हाम्रो तर्फबाट समितिको सभापतिको लागि चार उम्मेदवारको टुंगो लागेको छ,’ थिङले भनिन्, ‘हाम्रो तर्फबाट जीवन परियार, आरजु राणा, रामहरि खतिवडा र सन्तोष चालिसेको नाम टुंगो लागेको छ।’ तर कुन समितिको को उम्मेदवार बन्ने भन्ने अझै फाइनल टुंगो नभएको उनले बताइन्।

अहिलेसम्मको तयारी अनुसार संसदीय सुनुवाइमा जीवन परियार, राज्य व्यवस्थामा रामहरि खतिवडा, कृषिमा आरजु र अर्थमा सन्तोष चालिसे उम्मेदवार बन्ने तयारी भएको छ। खतिवडाले राज्य व्यवस्थाको टुंगो लागेको जानकारी दिए।

तर संसदीय सुनुवाइ समितिको सभापतिमा आफूलाई उम्मेदवार बनाउने तयारीबारे कुनै जानकारी नआएको परियारले बताए। संसदीय समितिको सभापतिमा कांग्रेसले ४, एमालेले ३, माओवादीले २, नेकपा एस र जनमतले पनि एकएक समितिको सभापति पाउनेछन्।

कमेन्ट लोड गर्नुस