सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका एक पुरुष वेपत्ता

२०८० भदौ ९, ०९:१३ खबर संवाददाता

दार्चुलाः दार्चुलाका एक पुरुष वेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका वडा ९ चुुच्चैका ४० वर्षीय भिमसिह चैसिर एक सातादेखि वेपत्ता भएका हुन्। मानसिक सन्तुलन ठिक नभएका चैसिर भाद्र १ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा दानसिह चैसिरले बताए।

परिवारका अन्य सदस्य घरमै भएका बेला उनी घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजी गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको बुवा दानसिहले जानकारी दिए। परिवारले उनलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा वा परिवारको मोबाइल नम्बरमा ९८४८४०५१७४ मा सम्पर्क गर्न आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस