सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका कलिला पौडी खेलाडीको चर्चा

२०७६ वैशाख १०, १२:११ खबर संवाददाता

अन्तराष्ट्रिय खेलकुदमा कान्छो उमेरको खेलाडीको निकै चर्चा हुन्छ । चाहे एशियन गेम्स वा ओलम्पिक कान्छो उमेरका खेलाडीलाई निकै सम्मान दिइन्छ। उनीहरु सेलिब्रेटी जस्तै चर्चामा रहने गरेका छन्। नेपालकी पौडी खेलाडी गौरिका सिंह एक उदाहरणकी पात्र हुन। उनले १३ वर्ष २५५ दिनमा सन २०१६ को रियो ओलोम्पिकमा सहभागिता जनाएकी थिइन्। सोही परिवारका एक जना बालक पनि यतिवेला चर्चामा रहेका छन्। साढे ९ बर्षको उमेर सुदुरपश्चिम प्रदेशबाट पौडीमा सहभागीता जनाएका साढे ९ बर्षीय अर्थव सिंहले कम उमेरमा नै परिपक्क प्रदर्शन गर्दै सवैको मन जितेका छन्। उनले कलिलो उमेरमा देखाएको प्रदर्शन उनी एक अव्वल पौडी खेलाडी बन्ने सम्भावना देखाएको छ। आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा चलिरहेको छ।

३५ खेलमध्ये अधिकांश खेल सकिएका छन्। धेरै खेलाडी फर्कि पनि सकेका छन। तर आठौं राष्ट्रिय खेलकुन अन्तर्गतको पौडीमा सहभागी अर्थव सिंह उमेरले साढे ९ बर्ष मात्रै भएका छन तर उनले उनको उमेरभन्दा वढी समय पौडी खेलिरहेका खेलाडीसँग पौडीका विभिन्न चार वटा विधामा सहभागीता जनाईरहेका छन् । साढे ५ हजार खेलाडीले विभिन्न खेलहरुमा भाग लिईरहँदा २०६६ साल पुस २० गते जन्मिएका अर्थव सवैभन्दा कम उमेरका खेलाडी रहेका छन् । पौडी सिकेको तीन बर्ष हुन लाग्दा खेलकुदको महाकुम्भमा सहभागी हुने अवसरमा पाएका उनले  भविष्यमा पौडीका विभिन्न विधाहरुमा च्याम्पीयन हुने लक्ष्य राखेको बताए। सुदूरपश्चिमको बझाङ घर भएका अर्थव काठमाण्डौंमा बस्दै आएका छन्।

 

नेपाल पाठशालामा कक्षा ४ मा अध्ययन गरिरहेका उनलाई घर  परिवारका सदस्यले पौडीमा राम्रो सहयोग समेत गरिरहेका छन्। वुवा आमा सहित नेपालगंज पुगेका अर्थवलाई सानो उमेरमा भने पानी देखेर डर लाग्ने गरेको थियो। तर आमा करुणाले सुरुमा आफु पौडी सिकेपछि अर्थवको लगाव यसतर्फ बढेको हो। पानीमा सानो उमेरमा डुवेका कारण डराउने गरेका कारण पौडीमा आकर्षित गर्नका लागि आफुले सिक्ने क्रममा नै अर्थव आकर्षित भएर पौडीमा लागेको आमा करुणा सिंहले बताईन्। अर्थवले नियमित अभ्यास थालेको तीन बर्ष हुन लाग्दा उनले थुप्रै पदकहरु जितिसकेका छन्। ८ बर्ष मुनिको विद्यालय स्तरीय प्रतियोगितामा उनले दर्जनौ पदक जितिसकेका छन्।

१० वटाभन्दा वढी स्वर्ण जितेका उनले आधा दर्जन रजत र कास्य जितेका छन्। छोराको ईच्छा अनुसार नै उसलाई खेलमा सहयोग गरिरहने परिवारको योजना रहेको छ। सानो उमेरमा पनि सवैलाई आफ्नो खेलले आकर्षित गर्न सकेको अवस्थामा भविष्यमा अझ राम्रो खेलोस भन्नका लागि आफुहरु पनि लागिरहेको आमा करुणा सिंहको भनाई छ। अर्थवले कम उमेरमा देखाएको प्रदर्शनले उसको भविष्य सुनौलो रहेको पौडी प्रशिक्षकहरु बताउँछन् । अहिले सहभागीता जनाएको भएपनि भविष्यका लागि राम्रो खेलाडी बनाउन र केही सिक्नका लागि निरन्तर गरिरहेको अभ्यास र पौडी प्रतियोगिताको सहभभागीताले अर्थव राम्रो खेलाडीको रुपमा उदाउने पौडी प्रशिक्षक ईश्वर कार्कीको विश्वास छ। हुने विरुवाको चिल्लो पात भनेझैं नेपाली पौडी क्षेत्रमा गौरिका सिंह जस्ता पौडीवाज जन्मिएको परिवारबाट फेरि अर्को अर्थव सिंह पनि राष्ट्रिय किर्तिमान बनाउन सक्ने सम्भावना देखाईरहेका छन । तर उनले देखाएको सम्भावनालाई सार्थकतामा बदल्नका लागि केही बर्ष कुर्नु नै पर्ने देखिएको छ । 

कमेन्ट लोड गर्नुस