सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ 

२०८० भदौ ८, १०:०० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेको छन्। जिल्लाको पुर्नवास नगरपालिका ११ डोके बजारका २० वर्षीय सुमित चौधरी र सोही ठाउँका १९ वर्षीय जोगराज चौधरी बिहीवार पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले दोदा पुल स्थित हुलाकी सडकखण्डमा चेकजाँच गर्दा ७७० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) फेलापारी दुवै जनालाई पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस