सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयपृथ्वीबहादुर सिंहको धनगढीमा चर्चा

२०८० भदौ ७, ०५:४९ खबर संवाददाता

धनगढीः  मानवतावादी राजा स्व. जयपृथ्वीबहादुर सिंहको १४७औँ जन्मजयन्ती बिहीवार धनगढीमा एक कार्यक्रमबीच मनाइएको छ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले स्व. सिंहले कलियुगमा उनीजस्ता राजा, शासकहरू मुस्किलले पाइने बताए। स्व. सिंहले बझाङको केन्द्र तोक्ने काम पनि वैज्ञानिक तरिकाले गरेको चर्चा गर्दै उनले समाज सुधारका धेरै काम गरेको बताए। प्रदेश प्रमुख जोशीले सिंहले राजपाठ छाडेर भारत गएर बस्नु, मानवतावादको लागि सङ्घर्ष गर्नु र राणाको भान्जा तथा ज्वाइँ भएर पनि सोही शासनविरुद्ध लाग्नु महान् सोच भएको बताए।

सुदूरपश्चिम साहित्य समाज र सुर्मादेवी समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा धनगढीका साहित्यकार र समाजसेवीले मन्तव्य र साहित्यिक सिर्जनाबाट स्व. सिंहका योगदान बारे चर्चा गरे। कार्यक्रम सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको थियो।
 

कमेन्ट लोड गर्नुस