सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने

२०८० भदौ ७, ०५:३२ खबर संवाददाता

काठमाडौँः  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका समितिका सभापतिको निर्वाचन भदौ ११ गतेका लागि तोकेका छन्।

समिति गठन भएको ४ महिनापछि सभापतिको निर्वाचन हुने भएको हो। बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सभापति निर्वाचनको मिति घोषणा गरेका हुन्। सभापति निर्वाचनको कार्यक्रम प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेलाई जिम्मा दिइएको छ। दलहरूबीच सहमति जुट्न नसक्दा समिति सभापतिको निर्वाचनमा ढिलाइ भएको थियो।

पछिल्लो समय दलहरूबीच समितिको सभापतिमा भागबन्डा मिलेको छ। नेकपा एमालेले सार्वजनिक लेखासहित ३ समिति पठाउने दलहरूबीच सहमति भएको छ। कांग्रेसले ४ र माओवादीले २ वटा समिति पाउने छन्। प्रतिपक्षमा रहेका रास्वपा र राप्रपाले भने समितिको सभापति पाउने छैनन्।
 

कमेन्ट लोड गर्नुस