सुदूर नेपाललाई विश्वसँग जोड्दै

आठौँ राष्ट्रिय खेलकुदः सुदूरपश्चिम पाचौँ स्थानमा

२०७६ वैशाख १०, ०७:२६ खबर संवाददाता

आठौँ राष्ट्रिय खेलकुद अन्तरगत आज सम्म पदक तालिकामा सुदूरपश्चिम पाचौँ स्थानमा छ। विभागिय टोलीपछि प्रदेशको टिममा भने सुदूरपश्चिम दोश्रो स्थानमा छ। सुदूरपश्चिम भन्दा अगाडी विभागिय ३ वटा टोली र प्रदेश नम्वर ३ मात्रै छ। सुदूरपश्चिमले ७ स्वर्ण, ५ रजत र १९ काश्य सहित ३१ पदक जितेको छ। सुदूरपश्चिमले कुस्तीमा ६ स्वर्ण जित्दा महिला हक्की सुदुरपश्चिमलाई स्वर्ण जिताउने अर्को खेल बनेको छ।

त्रिभुवन आर्मी ८७ स्वर्ण, ५५ रजत र ४४ कास्य सहित कूल १ सय ८६ पदकका साथ पहिलो स्थानमा छ। दोश्रो स्थानमा रहेको सशस्त्र प्रहरीले ३५ स्वर्ण, ३६ रजत र ४४ कास्य सहित १ सय १५ पदक जितेको छ। यस्तै नेपाल प्रहरीले ३३ स्वर्ण, ३३ रजत र ३२ कास्य सहित ९८ पदक सहित तेश्रो स्थानमा छ। 
 

कमेन्ट लोड गर्नुस