सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका केरामा फेला पर्‍यो ‘पानामा टीआरफोर’ रोग

। फोटो स्रोत ।
२०८० भदौ ७, ११:२९ खबर संवाददाता

धनगढीः कैलालीका केरामा नयाँ प्रजातिको ट्रोपिकल रेस ४ (टीआरफोर) रोग फेला परेको छ। कैलालीको टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो।  

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक फेला परेको पुष्टि गरेको छ। 

कृषि वैज्ञानिकले २०८० साउन १० गतेदेखि कैलालीका नौ जना किसानका केरा बगैँचामा पुगेर आठ हजार केराका बोटको अवलोकन गरेका थिए। रोगसँग मिल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा जीवाणु देखिएको र पछि पीसीआर गर्दा चार वटा बगैँचाबाट लिइएका नमुनामा पोजेटिभ देखिएको थियो। टीकापुर नगरपालिकाका वडा २, ५ र ७ मा रोग देखिएको हो। 

भारतमा भने पाँच वर्षअघि नै यो रोग देखा परेको थियो। नेपालमा पहिलो पटक टीकापुरमा देखा परे पनि सावधानी देशैभर अपनाउनु पर्ने वैज्ञानिकहरुले बताएका छन।
 

कमेन्ट लोड गर्नुस