सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारामा बस दुर्घटना, सात जनाको मृत्यु 

२०८० भदौ ७, ०९:२४ खबर संवाददाता

बारामा आज बिहान भएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने ६ जना भारतीय र एक जना नेपाली छन्।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यावती, ७० वर्षका राजेन्द्र चतुर्वेदी, ६५ वर्षका श्रीकान्त चतुर्वेदी, ६७ वर्षकी बैजन्ती देवी र ६५ वर्षीया मीरादेवी रहेका छन्। दुर्घटनामा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजयलाल पण्डितको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस