सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली भूमिमा दादागिरी देखाउँदै  भारतीय एसएसबीको क्याम्प स्थापना

२०८० भदौ ६, १०:४७ खबर संवाददाता

कञ्चनपुरः  भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा दादगिरी देखाउँदै पोष्ट बनाएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको हो। भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको स्थानीय बाशुदेव जोशीले बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो।

‘अहिले नेपाली भूमिमा स्थायी रुपमै पोष्ट निर्माण गरेको छ। अस्थायी क्याम्प राख्दा स्थानीय र एसएसबीबिच विवाद समेत भएको थियो।,’ उनले भने,‘स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको छ।’ ७÷८ महिनादेखि एसएसबीले ब्यारिएल लगाएको उनको भनाई छ।  क्याम्प राखेको जमिन नेपालमा पर्ने भएपनि एसएसबीले उक्त भू–भाग भारतको भएको दाबी गर्दै आएको छ।

नेपाली भू–भागमा एसएसबीले क्याम्प राखेकोबारे नेपालको प्रशासन भने बेखबर छ। एसएसबीले नेपाली जमिनमा क्याम्प राखेकोबारे आफूलाई जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।
 

कमेन्ट लोड गर्नुस