सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस नेता लोकराज पाण्डे (आगो) र सुरतको कारबाही फिर्ता

२०८० भदौ ६, ०७:१९ खबर संवाददाता

धनगढीः  नेपाली कांग्रेस कैलालीले कारबाही गरेको भनिएका दुई नेताको कारबाही फुकुवा गरेको छ।

गोदावरी–१ का लोकराज पाण्डे ’आगो’ र चुरेका अगुवा कांग्रेस नेता सुरतबहादुर कार्कीलाई जिल्ला सभापती नारायण दत्त भट्टले कारबाही गरेका थिए। कार्बाही गरेको पत्र भने सम्बन्धित ब्यक्तीलाई नदिएर सामाजिक सन्जालमा सार्बजनिक भएको थियो। त्यसपछि कार्की र पाण्डेले प्रदेश समितीमा निबेदन दिएका थिए।

प्रदेश समितीका कार्यबाहक सभापती लोकराज अबस्थी संगको छलफल पछि  क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाको पहलमा कारबाही फिर्ता भएको हो।

कमेन्ट लोड गर्नुस