सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा जलस्तर बढ्यो

२०८० भदौ ६, ०५:५९ खबर संवाददाता

कञ्चनपुरः  महाकाली नदीको जलस्तरले सतर्कताको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको बाढी अनुगमन प्रणालीले डडेल्धुराको परिगाउँमा महाकालीको जलस्तरले सतर्कताको तह पार गरेको देखाएको छ। अहिले परिगाउँमा ५ दशमलव ८८ मिटर जलस्तर रहेको छ। त्यहाँ ५ दशमलव ८ मिटर जलस्तर पुगेमा सतर्कता तह र ७ मिटर पुगेमा खतराको तह मानिन्छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीले महाकाली नदीमा बनेको शारदा ब्यारेजमा अहिले पानीको वहाव ९३ हजार क्यूसेक पुगेको जनाएको छ। एक लाख क्यूसेक बहाव पुगेमा सो ब्यारेजमा बनेको पुलबाट चार पांग्रे सवारी साधन आवतजावतमा रोक लगाइन्छ।

बितेको २४ घण्टामा दार्चुलामा ४३ दशमलव ३ मिलिमिटर र बैतडीमा १८ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। महाकाली नदीका सहायक नदी चमेलिया, सुर्नया, रुपालीगाड र रंगुनखोलमा भने जलस्तर सामान्य छ।
 

कमेन्ट लोड गर्नुस