सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० भदौ ५, ०३:१२ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

दुबै जिल्लाका विभिन्न स्थानबाट गरी करिब ६६ हजार रुपैयाँभन्दा बढीे मूल्य बराबरका अबैध सामान प्रहरीले बरामद गरेको हो। सोमबार प्रहरीले वेवारिसे अवस्थामा अवैध सामान बरामद गरेको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र बेलौरी नगरपालिका–१ र ६ बाट करिब ५६ हजार रुपैयाँ बराबरका साडी, प्लाज, डिउ, अण्डा, बच्चाका खेलौनालगायतका सामान वरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट पनि करिब १० हजार मूल्य बराबरका कोट कभर, बिडी, गुट्खा, पास्तालगायतका सामान वरामद गरेको छ।
 

कमेन्ट लोड गर्नुस