कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
२०८० भदौ ४, ०७:४०
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–६ सुकासालबाट भन्सार छलीका अन्दाजी ८३ हजार ४० मुल्य बराबरका थानको कपडा, चप्पल, लेडिज सुट, लेडिज जुत्ता, पाईन्ट, लेडिज धोती र नरिवल लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ।
सामान आइतवार बरामद गरेको भएपनि कारबाहीकालागि भने मंगलवार भन्सार कार्यालय गड्डाचौकी पठाईएको हो।
कमेन्ट लोड गर्नुस