सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषध सेवन गरी गाडी चलाइरहेका दुई जना चालक पक्राउ

२०८० भदौ ४, ०५:०३ खबर संवाददाता

धनगढीः  कैलालीमा लागुऔषध सेवन गरी गाडी चलाइरहेका  दुई जना सवारी चालक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित मोहना–अत्तरिया ६ लेन सडक खण्डमा लागुऔषध सेवन गरी गाडी चलाइरहेका २ जना पक्राउ परेका छन्।  ५ जना सार्वजनिक सवारीसाधन चलाउने चालकलाई चेकजाँचका क्रममा दुई चालकले लागुपदार्थ सेवन गरी चलाई राखेको भेटिएपछि ट्राफिक प्रहरी कार्यालय कैलाली र सुदुरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी कैलालीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

सुदुरपश्चिम प्रदेश ०२–००१ ज ३७४ नम्बरको विङ्गरका चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ का २२ वर्षीय रमेश टमटा र रा १ च १४७५ नम्बरको जिपका चालक दाङ बंगलाचुली गाउँपालिका –४ का २५ वर्षीय सोनु नेपालीलाई पक्राउ गरेको जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कैलालीले लागुऔषध नियन्त्रण महाअभियानअन्तर्गत प्रविधियुक्त लागुपदार्थ सेवन चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मार्फत सवारी चेकिङ गरिरहेको छ। यसअघि शनिवार मात्रै लागुपदार्थ सेवन गरी गाडी चलाउने ७ जना सवारी चालक पक्राउ परेका थिए।

कमेन्ट लोड गर्नुस