सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा परेर कञ्चपुरका एक जनाको मृत्यु

२०८० भदौ ४, ०१:४५ खबर संवाददाता

कञ्चनपुरः मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते कञ्चनपुरका एक युवकको मृत्यु भएको छ।

कञ्चनपुरमा आइतबार दिउसो भएको सवारी दुर्घटनामा परेर गम्भिर घाइते ती युवकको उपचारका क्रममा मृत्यु भएको हो। कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म १ क १७७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सोही नगरपालिका–४ किचाइका २८ वर्षीय मदनबहादुर सिंहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाइते मोटरसाइकल चालक सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का यात्रु घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस