सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ 

२०८० भदौ ४, १०:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ का पदम कठायतलाई उनकै घरबाट कञ्चनपुर प्रहरीले शुक्रवार पक्राउ गरेको हो।

कञ्चनपुर अदालतले कठायतलाई लागुऔषध मुद्धामा २०७९ फागुन ४ गते २ महिना १० दिन कैद र ५ हजार जरिवाना तोकेपछि फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कठायतलाई अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस