कैलालीबाट बेपत्ता भएका दुई बालक भारतको पलियामा फेला

धनगढीः कैलालीबाट बेपत्ता भएका दुई बालक भारतको पलियामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक श्रावण ३१ गतेदेखि बेपत्ता रहेका थिए।
आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद आमाबुवालाई भट्न भनि हिनेका थिए। उनीहरुको आमाबुवा भारतमा रहेका छन्। कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। उनीहरु दुबै जना १२ वर्षीय हुन्। आफन्तका अनुसार उनीहरुलाई पलियाबाट आज सकुशल उद्दार गरिएको छ।


