सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दगोरिया ३ मा प्रसूति गृह सञ्चालन

२०८० भदौ ३, ०८:३४ खबर संवाददाता

धनगढीः  कैलालीको एक पालिकामा प्रसूति गृह सञ्चालनमा आएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका –३ मा प्रसूति गृह सञ्चालनमा आएको हो।  आइतबार त्यहाँको स्थानीय सरकारको टिमले गृहको उद्घाटन गरेको हो। गाउँ सरकारले वडावासीलाई स्वास्थ्य इकाई मार्फत विगत देखी नै स्वास्थ्य सेवा दिए पनि प्रसूति सेवा भने सञ्चालन हुन सकेको थिएन। चारै तिर नदी भएका कारण बर्सादमा पालिकाभन्दा बाहिर जान त्यहाँका स्थानीय थप समस्यामा पर्दै आएका थिए।

सोही समस्यालाई मध्यनजर गर्दै स्थानीय  सरकारले प्रसूति गृहलाई पहिलो प्राथमिकतामा राखेको र अब चाँडै निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याउने गाउँ पालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए। प्रसूति सँगै स्वास्थ्य सेवालाई थप स्तरीय र प्रभावकारी बनाउने गाउँ सरकारको लक्ष्य छ।

विगतमा निकै समस्या भोगेका वडावासीले स्थानीय तहको व्यवस्था पछि भने क्रमिक रूपमा सुविधा पाउन थालेको र घर आँगनमै सुत्केरी सुविधा भए पछि विगतमा सुत्केरी हुनकै लागि अन्यत्र जानु पर्ने बाध्यता हटेपछि स्थानीय खुसि भएका छन्। 

कमेन्ट लोड गर्नुस