सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क आँखा शिविर

२०८० भदौ २, ०४:१३ खबर संवाददाता

धनगढीः  अत्तरिया उद्योग वाणिज्य संघले  शनिवार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ।

नेपाल नेत्रज्योत संघ गेटा आँखा अस्पतालको सहयोगमा संघले शिविर सञ्चालन गरेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिँह बोहराले बताए। अत्तरियामा रहेको गोदावरी कम्प्लेक्स अगाडी शिविर सञ्चालन भैरहेको छ। शिविरमा स्थानियको उल्लेखनीय उपस्थिति रहेको छ।

शिविरमा आँखाको मोतिबिन्दु लगायत आँखाका रोगीहरुको निःशुल्क अप्रेशन समेत  गरिने अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बोहराले बताए।
 

कमेन्ट लोड गर्नुस