रक्तदान कार्यक्रम गरि मनायो सुदुरपश्चिम आइएमई लाइफले छैटौं वार्षिकोत्सव

धनगढीः आइएमई लाइफ इन्स्योरेन्स सुदुरपश्चिमले छौंटौं वार्षिकोत्सव प्रभात फेरी र रक्तदान कार्यक्रम गरि मनाएको छ।
स्थापनाको छैटौं वर्ष पुरा भएको अवसरमा कम्पनीले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। कम्पनीका प्रदेश प्रमुख सुमनप्रसाद तिमिल्सेनाले सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको बताए। कम्पनीको प्रदेश कार्यालय चटकपुर धनगढीका साथै शाखा कार्यालयहरु धनगढी, अत्तरिया, झलारी, पुर्नवास , बेलौरी र महेन्द्रनगरको समेत उपस्थिति भएको धनगढी शाखाका प्रमुख बिष्णु साउँदले बताए।
नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। यसका साथै छैटौं वार्षिकोत्सवमा प्रदेश कायालय धनगढी चटकपपुरबाट प्रभात फेरी निकालेर शहिदगेट हुदै रातोपुल, चौराहा हुदै कार्यालयमै पुगेर समापन भएको थियो। साथै वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो। रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए।



