सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा पहिरोले थुनिएको खोला खोल्न सुरु

२०८० भदौ १, ०४:०६ खबर संवाददाता

धनगढीः  कैलालीको चुरे गाउँपालिका–५, मैताडीमा पहिरोका कारण थुनिएको खोला खोल्ने काम भइरहेको छ।

पहिरोले भासु खोला थुनिएर ताल बनेको स्थानीयले बताएका छन्। खोला थुनिएपछि खरले छाएको एउटा गोठमा पानी पसेको र स्थानीय ११ वटा घर सामान्य जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले बताएका छन्।

उनले खोला थुनिएको ठाउँमा नेपाल प्रहरीको  टोली पुगेर खोल्ने काम गरिरहेको बताएका छन्। साथै थुनिएको खोला खोल्न नेपाल शस्त्र प्रहरीको टोली पनि घटना स्थलतर्फ गइरहेको जनाइएको छ। पहिरोले खोला थुनिएको ताल एकैपटक फुटे तल्लो क्षेत्रमा जोखिम हुन सक्ने देखिएको छ।

कमेन्ट लोड गर्नुस