सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विद्यार्थीले जलाए क्याम्पस प्रमुखको कुर्सी (भिडियो सहित)

२०७६ वैशाख ९, ०१:४६ खबर संवाददाता

कञ्चनपुर– जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलीत भएका छन्। महेन्द्रनगर स्थित क्याम्पसका प्रमुख खेमलाल घिमिरे विरुद्ध विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीले संयुक्त रुपमा क्याम्पस प्रमुखबिरुद्ध आन्दोलन सुरु गरेका हुन्। विद्यार्थी संगठनले नियमित अध्यापन गराउनु पर्ने माग राखेर मौखिक तथा लिखित रुपमा ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रमुख घिमिरेले वास्ता नगरेको भन्दै आन्दोलन सुरु गरेका हुन्।

सोही क्रममा क्याम्पस प्रमुख घिमिरेको कुर्सी जलाईएको छ। यस्तै क्याम्पस प्रमुखको कार्यकक्ष तथा क्याम्पस प्रशासनमा तालाबन्दी पनि गरिएको छ। आन्दोलनका कारण क्याम्पसको स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा स्थगित भएको छ। 
 

कमेन्ट लोड गर्नुस