सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पहिलोपटक हुन लागेको ब्याडमिन्टन एसिया रिजनल च्याम्पियनसिप भोलिबाट सुरु

२०८० साउन ३२, ०९:२१ खबर संवाददाता

काठमाडौँः  काठमाडौंमा शुक्रबार देखि सुरु हुने ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप २०२३ को तयारी पूरा भएको छ।

नेपाल व्याडमिन्टन संघले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै महादेसीय ब्याडमिन्टनको सर्वोच्च संस्था ब्याडमिन्टन एसियाको प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना गर्न लागेको जानकारी दिएको हो। प्रतियोगिता भोलि शुक्रबारदेखि मंगलबारसम्म सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा हुनेछ।

च्याम्पियनसिप यू–१५ र यू–१७ फम्र्याटमा हुनेछ। प्रतियोेगितामा १२ इभेन्ट हुनेछ। यू–१५ इन्डिभिज्युअलमा गल्र्स, ब्वाइज सिंगल्स, गल्र्स, ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए। यू–१७ तर्फ इन्डिभिज्युअलमा गल्स, ब्वाइज सिंगल, गल्र्स ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ। यस्तै यू–१५ र यू–१७ टिम च्याम्पियनसिपमा प्रतिस्पर्धा हुनेछ। एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिपमा आयोजक नेपालसहित, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका समान ८ खेलाडी सहभागी हुनेछन्।

नेपाली टिममा १६ खेलाडी छन्। व्यक्तिगत प्रतिस्पर्धामा आयोजक मुलुकका तीन खेलाडी एउटै प्रतिस्पर्धामा सहभागि हुन पाउने व्यवस्था छ भने अन्य देशका दुई खेलाडीले एउटा प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्नसक्ने छन्। च्याम्पियनसिपमा गल्र्सतर्फ २६ र ब्वाइजतर्फ २६ गरि कुल ५२ खेलाडी सहभागी हुदैछन्। प्रतियोगितामा सहभागी हरेक देशमा १ जना गल्र्स र ब्वाइज ओलम्पिक छात्रवृत्तिका लागि छनोट हुनेछन्। उनीहरुलाई व्याडमिन्टन एसियाले मलेसियामा प्रशिक्षण दिनेछ। प्रतियोगिताका लागि सहभागी खेलाडीहरू नेपाल आइपुगेका छन्।
 

कमेन्ट लोड गर्नुस