सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा बिष्ट

२०८० साउन ३२, ०९:०२ खबर संवाददाता

कैलालीः  कैलाली जिल्ला क्रिकेट संघको बिहीवार नयाँ समिति चयन गरिएको छ।

संघको अध्यक्षमा बिक्रम बिष्ट निर्विरोध चयन भएका छन्। आज धनगढीमा सम्पन्न भएको कैलाली जिल्ला क्रीकेट संघको कार्य समिति चयनमा बिष्ट निर्विरोध निर्वाचित भएका हुन्। समितिको उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा र कोषाध्यक्षमा बिनोद लामा निर्वाचित भएका छन्।

यस्तै सदस्यमा रतन कठायत, लोकबहादुर खड्का (रबि), रुपकबहादुर बिष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, वावुराजा श्रेष्ठ, गोबिन्दराज जोशी, पदम बहादुर सिंह, दिनेश महर्जन, गणेश रजक, सम्राट सिंह र कमलराज जोशी निर्वाचित भएका छन्।
 

कमेन्ट लोड गर्नुस