सुदूर नेपाललाई विश्वसँग जोड्दै

असीनाले बैतडीका विभिन्न स्थानमा क्षति

२०७६ वैशाख ९, १२:४९ खबर संवाददाता

हिजो दिउँसो परेको असीनाले बैतडीका विभिन्न स्थानमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पु¥याएको छ। दशरथचन्द नगरपालिका, पाटन नगरपालिकाका विभिन्न स्थानमा असीनाले क्षति पु¥याएको किसानहरुले बताएका छन्। लगातार एक डेढ घण्टा परेको असीनाले पाक्नै लागेको गहुँबाली नष्ट गरेको किसानहरुले बताएका छन्। असीनाले खेतमा लगाएको गहुँबाली नष्ट गरेको दशरथचन्द नगरपालिका १ का किसान देवदत्त भट्टले बताए। 

असीनाले रुखका बोक्रा समेत निकालेको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए। ‘तरकारीका बेर्नाहरु पूर्ण रुपमा नष्ट भएका उनले बताए। किसान देवदत्त भट्टले हिउँदे फलफूलका बेर्ना पूर्ण रुपमा नष्ट भएका बताए। दशरथचन्द नगरपालिका १ गुरुखोलाका १८ ओटा निजी नर्सरी किसानहरुले राखेको बेर्ना असीनाले नष्ट गरेको किसान बीरबहादुर टेरले बताए।

यस्तै पाटन नगरपालिकाका विभिन्न स्थानमा परेको असीनाले गहुँबाली,फलफूल र तरकारी खेतीमा व्यापक क्षति पुर्याएको स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताए। हिजो पानीसंगै आएको असीनाले भेल समेत बगेका थिए। केही बेर सडकमा गाडी आवतजावत समेत बन्द भएको थियो। असीनाले खेतबारी तथा डाँडापाखा सेताम्य भएका थिए।
 

कमेन्ट लोड गर्नुस