आगामी तीन दिन यी नदीमा बाढीको जोखिम न्युन रहने
२०८० साउन ३२, ०९:०८
धनगढीः आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्युन रहने पूर्वानुमान रहेको छ।
कोशी, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा आगामी ३ दिन जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
कमेन्ट लोड गर्नुस