सुदूर नेपाललाई विश्वसँग जोड्दै

बनबासा पुलमा चारपांग्रे आवागमन खुला

फाइल फोटो
फाइल फोटो
२०८० साउन ३२, ०७:११ खबर संवाददाता

कञ्चनपुरः महाकाली नदीमा बनेको शारदा ब्यारेजमा चारपांग्रे साधनको आवतजावत बुधवार साँझबाट खुलेको छ। नदीको जलस्तर घटेपछि चारपांग्रे सवारीसाधनलाई आवागमन गर्न खुला गरिएको हो।

नदीमा बहाव बढेपछि सोमबार बिहानैदेखि सवारी आवागमनमा रोक लगाइएको थियो। उक्त दिन महाकालीको जलस्तर १ लाख ९६ हजार क्युसेक पुगेको थियो। बुधवार १ लाख क्युसेकभन्दा तल आएपछि पुलमा आवागमन खुला गरिएको हो।

कमेन्ट लोड गर्नुस