सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंका विस्फोटमा ज्यान गुमाउनेको संख्या २९० पुग्यो, २४ जना गिरफ्तार

२०७६ वैशाख ९, १२:२० खबर संवाददाता

श्रीलंकामा आइतबार भएका श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या २९० पुगेको छ। अहिलेसम्म भएका आठ बम विस्फोटमा २ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै पाँच सय जना घाइते भएका छन्। ज्यान गुमाउनेहरुमा ३६ जना विदेशी नागरिक पनि रहेका छन्। यो घटनामा २४ जनालाई गिरफ्तार गरिएको बीबीसीले उल्लेख गरेको छ। 

आक्रमणको जिम्मा भने अहिलेसम्म कसैले पनि लिएको छैन। सन् २००९ मा गृहयुद्ध सकिएपछि श्रीलंकामा भएको यो आक्रमण अहिलेसम्मकै ठूलो हो। आइतबारको श्रृंखलाबद्ध विस्फोटपछि श्रीलंकामा कर्फ्यू लगाइएको छ। २ सय भन्दा धेरै जनाको ज्यान जाने गरी विभिन्न होटल र चर्चमा आक्रमण भएपछि देशभरी नै कर्फ्यू लगाइएको हो। 
श्रीलंकाली सरकारले आइतबार भएको सिलसिलाबद्ध बम विस्फोटमा आत्मघाती समूहको हात रहेको जनाएको छ। यो घटनाको योजना विदेशमा बनाइएको श्रीलंकाली सरकारले दाबी गरेको छ। 

गिरफ्तार गरिएका सबैजना श्रीलंकाका नागरिक हुन्। गिरफ्तार गरिएकामध्ये कसैको अन्तर्रा्ष्ट्रिय संगठनसँग सम्बन्ध छ कि छैन भनेर जाँच चलिरहेको छ।
 

कमेन्ट लोड गर्नुस