नेपाल भ्रमणमा आएको चिनियाँ सैन्य प्रतिनिधि टोली र प्रधान सेनापतिबीच भेटवार्ता
काठमाडौंः नेपाल भ्रमणमा आइपुगेको चिनियाँ सैन्य टोली र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ।
बुधबार नेपालका ५ दिने भ्रमणमा आइपुगेको चिनियाँ जनमुक्ति सेनाको तिवेत मिलिटरी कमान्डका मेजर जनरल यु आन्दे नेतृत्वको टोलीले जङ्गी अड्डा पुगेर प्रधान सेनापति शर्मालाई भेटेको हो। भेटघाटमा दुई पक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ।
५ दिनसम्म नेपालमा रहने आन्दे नेतृत्वको टोलीले नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्राहलयलगायत विभिन्न युनिटहरुको स्थलगत भ्रमण गर्ने बताइएको छ। चिनियाँ सैनिक अधिकारीको टोलीको स्वगतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए।