कोलम्बियामा भारी बर्षा : पहिरोमा पुरिएर १४ जनाको मृत्यु
२०७६ वैशाख ९, १२:०२
ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा भारी बर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ। कोलम्बियाको दक्षिण–पश्चिम क्षेत्रस्थित रोसास शहरमा गएको पहिरोमा अन्य ५ जना घाइते भएका छन्। पहिरोमा शहरका कयौं घरमा क्षति पुगेको छ। पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सरिएको छ। पहिरोग्रस्त क्षेत्रमा उद्धार कार्य जारी छ। बर्षातको समयमा कोलम्बियामा बर्से्नि पहिरो जाने गरेको छ।
कमेन्ट लोड गर्नुस