सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो

२०८० साउन ३१, ०६:०० खबर संवाददाता

काठमाडौँ: पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो। निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ।  अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

कमेन्ट लोड गर्नुस