सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको कञ्चनपुर पार्टी कार्यालयमा ताला

फोटो : नयाँपत्रिका
फोटो : नयाँपत्रिका
२०८० साउन ३०, ०५:१३ खबर संवाददाता

धनगढीः नेकपा एमालेको कञ्चनपुर पार्टी  कार्यालयमा ताला लगाइएको छ। जिल्लाको महेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो।

राष्ट्रिय युवा संघको १०औँ जिल्ला अधिवेशनमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाति कुटपिट गरिएको विषयलाई लिएर पार्टी कार्यालयमा ताला लगाइएको छ। देवकोटा एमालेको कञ्चनपुर जिल्ला कमिटि सदस्य हुन्। घाइते देवकोटा पक्षधर स्थानीय एमाले कार्यकर्ताले पार्टी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका छन्। कुटपिट गर्नेमाथि कारबाही नगरेको भन्दै कार्यालयमा ताला लगाइएको हो। 

युवा संघको जिल्ला अधिवेशनपछि एमाले कञ्चनपुर पार्टी कार्यालयमा दैनिक तनावग्रस्त भइरहेको छ। पार्टी जिल्ला सदस्य तथा भीमदत्त नगरपालिका वडा नम्बर  १८ का वडाध्यक्षसमेत रहेका अध्यक्षमण्डलका सदस्य देवकोटाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, मायामेट्रो अस्पताल धनगढीम उपचार हुन नसकेपछि काठमाडौंको हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस