सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक दम्पती सुनचोरीको आरोपमा पक्राउ

२०८० साउन ३०, ११:१३ खबर संवाददाता

बैतडी: सुनचोरीको आरोपमा बैतडीमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउपालिका-५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ रहेकी छन्।

स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा उनीहरु दुबैजनालाई नियन्त्रणमा लिइएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्धा दर्ता भएर ७ दिनको म्याद थप गरिएको छ। पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस