सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला

२०८० साउन ३०, ०९:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला परेकी छिन्।

जिल्लाको पुनर्वास नगरपालिका–३ आईबीआरडीमा एक महिला आज (मंगलबार) बिहान मृत फेला परेकी हुन्। अस्थायी प्रहरी पोष्ट आईबीआरडीको पश्चिमतर्फ सोहि ठाउँकी ३० वर्षीया लक्ष्मी घर्तीमगर सडकको बीचमा मृत फेला परेकी प्रहरीले जनाएको छ।

पुनर्वास नगरपालिका–५ ग–गाउँ मामाघर जान्छु भनेर साझ घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ। उनी केहि वर्षदेखि माईतीघरमा बस्दै आएकी थिईन। उनको एक ५ वर्षको छोरा छ। उनको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस