सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पूरा

। फोटो स्रोत ।
२०७६ वैशाख ९, ११:४९ खबर संवाददाता

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ। आज कम्युनिष्ट घटक दलहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दैछ । कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ। यस्तै अरु कम्युनिष्ट घटकहरुले पनि स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछन्। 

सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। 

यस्तै आजै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको छ। यसअघि आइतबा। बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो।

कमेन्ट लोड गर्नुस