सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुगुमा जिप दुर्घटना, चार जनाको मृत्यु

२०८० साउन ३०, ०६:०८ खबर संवाददाता

मुगु: मुगुमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृतक र घाइते सबैको पहिचान खुलेको मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्।

गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गाउँपालिका–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो। जिप सडकबाट दुई सय मिटर तल खसेको थियो।

कमेन्ट लोड गर्नुस