सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडीमा एक घरमा आगलागी

२०८० साउन २९, ०८:१९ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुर जिल्लाको एक घरमा आइतवार राति आगलागी भएको छ।

जिल्लाको बेलडाँडी गाउँपालिका–४ बैबाहाका कुलबहादुर खड्काको टिनले छाएको र काठले बनेको एक तले गोठमा आगलागी भएको हो। आगलागीबाट अन्नपात, कपडा, त्रिपाललगायत सामान जली अन्दाजी ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट गोठभित्र बाँधिएको एउटा बाख्राको मृत्यु भएको छ भने ३ बाख्रा, १ भैसी, १ पाडो जलेर घाइते भएका बताइएको छ।
 

कमेन्ट लोड गर्नुस