सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

२०८० साउन २९, ०४:४७ खबर संवाददाता

काठमाडौंः  एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। अगष्ट ३१ मा सुरु हुने एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ। नेपाल, भारत र पाकिस्तान समूह एमा छन्। नेपालले पहिलो खेल पाकिस्तानसँग उसकै मैदान मुल्तानमा अगष्ट ३१ मा खेल्नेछ।

रोहित पौडेलको कप्तानीमा (कप्तान),सन्दीप लामिछाने, कुशल भुर्तेल, करण केसी, ललित राजबंशी, कुशल मल्ल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, किशोर महतो,  प्रतिस जिसी, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन्।
 

कमेन्ट लोड गर्नुस