पुनर्वासको दन्त शिविरमा दुई सयले लिए सेवा
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर–२ मा निःशुल्क दन्त शिविर सञ्चालन भएको छ। आइएमई लाइफ इन्स्योरेन्स र मुस्कान डेन्टल होमको संयूक्त आयोजनामा पुनर्वासस्थित अरनिको आधारभुत विद्यालयको प्राङ्गणमा शिवर सञ्चालन भएको हो।
होमका डाक्टर रोशन भट्ट र डाक्टर एलिना क्षेत्रीसहितको टोलीले प्रदान गरेको सेवाबाट दुई सय जनाले सेवा लिएका थिए। शिविरमा सेवा लिन आएका व्यक्तिहरुलाई निशूल्क औषधि वितरण गरिएको थियो। शिविरबाट सो क्षेत्रका बालबालिका, ज्येष्ठ नागरिक, महिला, पुरुष लाभान्वित भएका छन्।
डेन्टल होमले शिविर गर्नुका साथै विभिन्न संघ संस्थाका अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई छुटसहितको सेवा दिन सम्झौता पनि गरिरहेको छ। प्रदेशमै नभएको एन–क्लास डिजिटल स्टेरिलाईजेसन प्रविधिद्धारा स्टेरिलाईजेसन गरिनुका साथै दाँतसम्बन्धी सम्पूर्ण समस्याको उपचार हुने गरेको होमका सन्दीप शर्माले जानकारी दिए।