सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा पानीको बहाव बढ्यो

२०८० साउन २९, ०८:३३ खबर संवाददाता

कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

कमेन्ट लोड गर्नुस