सुदूर नेपाललाई विश्वसँग जोड्दै

करणी मुद्दाका फरार प्रतिवादी दार्चुलाका करन पक्राउ

२०८० साउन २९, ०७:३३ खबर संवाददाता

दार्चुलाः करणी मुद्दाका फरार प्रतिवादी दार्चुलाका करन समाल पक्राउ परेका छन्।

दार्चुला प्रहरीले करणी मुद्दाका १ प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको हो। उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय करनलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरिएको हो। दुँहु गाउँपालिका–२ का २५ वर्षीय करनलाई आइतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। करनलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको छ।

कमेन्ट लोड गर्नुस