गेटामा छ सय शय्या अस्पतालको माग गर्दै माइतीघर मण्डलामा एक युवा मौन आन्दोलनमा
धनगढीः कैलालीको गोदावरी नगरपालिका गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै एक युवा मौन अनसनमा बसेका छन्।
कैलालीको गोदावरी नगरपालिका अत्तरियाका प्रभात जोशीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको मागसहित काठमाण्डौको माईतीघर मण्डलमा आन्दोलन शुरु गरेका छन्। छ सय शय्याकै अस्पताल बन्नु पर्ने माग राख्दै जोशीले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। उनले धर्ना,सत्याग्रह हुँदै माग पुरा नगरे आमरण अनशन बस्ने समेत चेतावनी दिएका छन्।
सरकारले एक सय बेडको अस्पतालको तयारी गरिरहेको बेला जोशीले आन्दोलनको घोषणा गरेका हुन।